घामकिरी [Ghamkiri]

(By Nayan Raj Pandey)

Book Cover Watermark PDF Icon
Download PDF Read Ebook

Note: If you encounter any issues while opening the Download PDF button, please utilize the online read button to access the complete book page.

×


Size 21 MB (21,080 KB)
Format PDF
Downloaded 584 times
Status Available
Last checked 8 Hour ago!
Author Nayan Raj Pandey

“Book Descriptions: ......यी सबै ती दिनका कुरा हुन्, जब उनी र म पीपलको रुखबाट सुकेका दुइटा पात टिप्थ्यौँ । दुवैमा एकअर्काको नाम लेख्थ्यौँ । एउटा पात पीपलकै फेदमा घोप्ट्याएर राख्थ्यौँ र अर्को पात घरको छतमा ढुङ्गाले थिचेर राख्थ्यौँ र भन्थ्यौँ, “हाम्रो प्रेम सफल हुन्छ ।”

यी ती दिनका कुरा हुन्, जब हामी मङ्गलबारका दिन रातो धागोमा सात वटा गाँठा पार्थ्यौँ । त्यो धागो शुक्रबार आफ्नो नाडीमा बाँध्थ्यौँ र भन्थ्यौँ, “हाम्रो प्रेम सफल हुन्छ ।”

र यी सबै ती दिनका कुरा हुन्, जब फुटेको काँचको चुरा टिपेर उनले आफ्नो पातलो सलमा बेर्थिन् । आँखा चिम्लेर केही कामना गर्थिन् र सलमा बेरिएको चुरालाई दुवै हातका बूढी औँलाले थिचेर पिटिक्क भाँच्थिन् । त्यसपछि फेरि सल फुकाएर चुरा हेर्थिन् । चुरा तीन टुक्रामा भाँचिएको हुन्थ्यो । बीचको टुक्रा सबैभन्दा ठूलो हुन्थ्यो । पद्मिनी दङ्ग पर्थिन् र भन्थिन्, “हाम्रो प्रेम सफल हुन्छ ।”.......”